सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?
काठमाडाैं। स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु एक हजारको गिरावट आएको छ भने चाँदीको मूल्यमा रु २५ को वृद्धि भएको छ।
नयाँ मूल्य निर्धारणअनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ९०० मा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९९ हजार ९०० कायम थियो।
सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने सामान्य बढोत्तरी देखिएको छ। गत शुक्रबार प्रतितोला रु पाँच हजार २७५ मा खरिदबिक्री भएको चाँदी आज रु पाँच हजार ३०० पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा मूल्य फेरबदल भएको व्यवसायीहरूको भनाइ छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७१५ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment