रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

डिसी नेपाल
२७ वैशाख २०८३ १९:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका हुन्। बैठकमा संगठन विस्तार, आन्तरिक व्यवस्थापन तथा आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

बैठकको कार्यसूचीमा पार्टीको भेला तथा अधिवेशनसम्बन्धी विशेष तालिका तय गर्ने, विभिन्न आयोग र विभागका पदाधिकारी मनोनयन गर्ने तथा जिल्ला समितिसम्बन्धी विषय समावेश गरिएको छ।

त्यसैगरी अनुशासनसम्बन्धी कारबाही, केन्द्रीय समिति बैठकको तयारी तथा पार्टी संरचनासँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने बताइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *