प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन
काठमाडौं। प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रबिन्द्र ढकाल चयन भएका छन्। कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले पुँजी बजारमा आफूलाई एक सबल र प्रतिस्पर्धी स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ। ढकालले पदभार ग्रहण गर्दै संस्थाको सेवालाई थप परिष्कृत र प्रविधिमैत्री बनाउने लक्ष्य राखेका छन्।
प्रभु बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको यस स्टक मार्केटलाई बैंकको विशाल सञ्जाल र साखले थप सहयोग पुग्ने देखिन्छ।
प्रभु बैंकले हाल नेपालभर रहेका ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरहरू मार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकको यही सुदृढ आधार र ढकालको व्यावसायिक अनुभवले प्रभु स्टक मार्केटलाई आगामी दिनमा धितोपत्र बजारमा अग्रणी स्थानमा पुर्याउने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment