आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

डिसी नेपाल
२८ वैशाख २०८३ १५:३०

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरिन्।

यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका छन्।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *