नीति तथा कार्यक्रम : मध्यम वर्गीयमाथिको आर्थिक बोझ घटाइने
काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको आर्थिक बोझ घटाउने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमममा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने जनाएको हो।
‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइने छ’, नीति तथा कार्यक्रममा भनिएको छ।
साथै सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी व्यवस्था अपनाउने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment