अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने
काठमाडौं। सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने भएको छ।
सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै सरकारले अबदेखि अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूको थेरापी सेवा र विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने जानकारी दिए।
उनले भने,‘अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ।’
यसअघि सरकारले अटिजम भएका बालबालिकाहरूका लागि कुनैपनि योजना अघि सारेको थिएन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment