नीति कार्यक्रमले परिवर्तनको दिशा पकड्न सकेनः नेता केसी

डिसी नेपाल
२८ वैशाख २०८३ १८:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्ननको दिशा पकड्ने सङ्केत नदेखिएको बताए।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले स्रोतसाधनको सीमितताका बीच जनताको आकाङ्क्षा सम्बोधन गर्न कस्तो बजेट आउँछ भनी हेर्नुपर्ने बताए।

यसैगरी, विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले विगतकै निरन्तरतामा नीति कार्यक्रम प्रस्तुत भएको बताए। उनले नयाँ सरकार बनेको अवस्थामा नयाँ नीति र कार्यक्रम आउँछ भन्ने अपेक्षाअनुसार नभएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *