स्थानीय उद्यमीको सम्मानमा कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान सुरु

डिसी नेपाल
२९ वैशाख २०८३ ११:३५

काठमाडौं । कोका-कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि व्यवसायको केन्द्रमा रहँदै आएका साना उद्यमीहरूको सम्मानमा ‘लोकल्ली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ। टोल-छिमेकका पसलदेखि रेस्टुरेन्टसम्म सञ्चालन गरेर नागरिकको दैनिक जीवनको अभिन्न हिस्सा बनेका व्यवसायीहरूलाई समर्पित गर्दै यो अभियान ल्याइएको हो।

यस अभियानअन्तर्गत तयार गरिएका विशेष भिडियोहरू मार्फत स्थानीय व्यवसायीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई उजागर गरिएको छ। ग्राहकलाई नामैले चिन्ने र उनीहरूको रोजाइ सम्झने यस्ता परिचित अनुहारहरूको कथा काउन्टरसम्म मात्र सीमित नरही उनीहरूले समुदायमा निभाएको महत्वपूर्ण भूमिकालाई यसले प्रस्तुत गरेको छ। यो अभियानले नेपालमा कोका–कोला र स्थानीय उद्यमीहरूबीच विगत पाँच दशकदेखि कायम रहेको प्रगाढ सम्बन्धलाई समेत झल्काउँछ।

अभियानका बारेमा बोल्दै कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कलियाले स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड भएको बताए। उनले भने, “उत्पादनभन्दा पर गएर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका-कोलालाई नेपालीको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूको सम्मान गर्न हामी यो अभियान ल्याएका हौँ।”

त्यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानालेले साना व्यवसायीहरूको मेहनत, सम्बन्ध र उद्यमशील सोचका कारण नै कोका–कोला देशभरका साझा खुसीका क्षणहरूको हिस्सा बन्न सफल भएको उल्लेख गर्नुभयो।

अभियानमा सहभागी व्यवसायीहरूले कोका-कोला कसरी उनीहरूको दैनिक जीवन र खानपान संस्कृतिको अंग बनेको छ भन्ने अनुभव पनि साझा गरेका छन्।

डल्ले रेस्टुरेन्टका सञ्चालक आलोक कोन्जनले सुरुदेखि नै कोका-कोला आफ्नो रेस्टुरेन्टको प्रमुख हिस्सा रहेको बताए। त्यस्तै, शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पाले अहिले कोका-कोला पिउनु एउटा संस्कृतिकै रूपमा विकास भइसकेको अनुभव सुनाए।

‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसायका पछाडि रहेका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथाहरूलाई सम्मान गर्ने उद्देश्य राखेको छ। नेपालका धेरै दैनिक खुसीका क्षणहरू यिनै स्थानीय व्यवसायका कारण सम्भव भएको कुरालाई कम्पनीले विशेष महत्त्व दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *