सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
बुटवल । नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै बलियो उपस्थिति जनाउँदै हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ। होटल सञ्चालनमा आएको ६ महिना नपुग्दै ‘होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटल डट कम’ ले यसलाई विभिन्न विधामा सम्मानित गरेका हुन्।
होटलले “नेपालको उत्कृष्ट डेस्टिनेसन वेडिङ भेन्यु २०२६”, “नेपालको उत्कृष्ट होटल अवार्ड २०२६” र होटलका महाप्रबन्धक तुषार नागरले “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” प्राप्त गरेका छन्। सञ्चालनको यति छोटो अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको यस्तो पहिचान हासिल गर्नुलाई पर्यटन क्षेत्रमा एक दुर्लभ उपलब्धिको रूपमा हेरिएको छ।
विशेष गरी “डेस्टिनेसन वेडिङ भेन्यु” अवार्डले होटलको भव्य ब्याङ्क्वेट सुविधा र विवाह समारोहलाई स्मरणीय बनाउन पुर्याएको विशेष योगदानलाई कदर गरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड र स्थानीय आतिथ्यको उत्कृष्ट फ्युजनले गर्दा हायात प्लेसले बुटवललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सफल भएको छ।
ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै महाप्रबन्धक तुषार नागरले भन्नुभयो, “छोटो समयमै यी प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी निकै सम्मानित र कृतज्ञ महसुस गरिरहेका छौँ। यो हाम्रो सम्पूर्ण टोलीको समर्पण र वास्तविक आतिथ्यताको प्रतिफल हो। बुटवलको हस्पिटालिटी अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो भिजन सफल भएकोमा हामी निकै उत्साहित छौँ।”
बुटवलको मुटुमा अवस्थित यस होटलले आधुनिक सुविधाहरू, उत्कृष्ट डाइनिङ अनुभव र बहुउद्देश्यीय कार्यक्रम स्थलहरू प्रदान गर्दै आएको छ। व्यापारिक तथा पर्यटकीय दुवै उद्देश्यले आउने पाहुनाहरूका लागि यो होटल अहिले लुम्बिनी प्रदेशकै एक प्रमुख गन्तव्यको रूपमा उदाएको छ। आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन र उत्कृष्ट जीवनशैलीको अनुभव प्रदान गर्न आफूहरू प्रतिबद्ध रहने होटलले जनाएको छ।







डिसी नेपाल







Facebook Comment