यती एअरलाईन्सको आईपीओ निष्कासन प्रक्रिया सुरु, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौं। नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी यती एअरलाईन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौता पत्रमा यती एअरलाईन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ। यो सम्झौतासँगै अब यती एअरलाईन्सको साधारण शेयर बजारमा आउने निश्चित भएको छ।
आन्तरिक उडानमा स्थापित यती एअरलाईन्सले उच्च सुरक्षा मापदण्ड र गुणस्तरीय सेवामार्फत देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरूमा सेवा प्रदान गर्दै आएको छ। नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस कम्पनीको आईपीओमा लगानीकर्ताहरूको ठूलो चासो रहने अपेक्षा गरिएको छ।
कम्पनीले आवश्यक कानुनी प्रक्रिया र धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि शेयर निष्कासनको मिति तय गर्नेछ। निजी क्षेत्रका हवाई कम्पनीहरूमध्ये शेयर बजारमा सूचीकृत हुने क्रम बढिरहेका बेला यती एअरलाईन्सको यो कदमलाई पुँजी बजारमा सकारात्मक रूपमा हेरिएको छ।







डिसी नेपाल







Facebook Comment