जेनजी आन्दोलनका शहीदको रगत बिर्सिएकोमा रास्वपाको आपत्ति: ‘दोषीलाई कहिले जेलमा देख्न पाइन्छ?’

डिसी नेपाल
२९ वैशाख २०८३ १४:२७

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले ‘जेनजी’ आन्दोलनका शहीद र घाइतेहरूलाई सरकारले न्याय दिन नसकेको भन्दै संसदमा सरकारको कडा आलोचना गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान परिवर्तनका लागि रगत बगाउनेहरूको योगदानलाई सरकारले बिस्तारै बिर्सिँदै गएको आरोप लगाइन्।

सांसद खतिवडाले आन्दोलनका क्रममा निर्दोष नागरिकमाथि गोली चलाउने र युवाहरूको सपनामाथि प्रहार गर्ने दोषीहरूलाई हालसम्म पनि कानुनी कठघरामा नल्याइएकोमा आपत्ति जनाइन्।

“शहीद परिवार र घाइतेको मनमा न्यायको मलम अझै लाग्न सकेको छैन,” उनले प्रश्न गरिन्, “निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कहिले सर्वसाधारण बस्ने जेलमा देख्न पाइन्छ?”

सम्बोधनका क्रममा उनले न्यायपालिकाको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा व्यापक शुद्धीकरणको आवश्यकता रहेको औंल्याइन्।

जनभावना र आन्दोलनको मर्म अनुसार सरकार अगाडि नबढेको भन्दै उनले तत्काल पीडितलाई न्याय र दोषीलाई सजाय सुनिश्चित गर्न माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *