नेप्से परिसूचक ३९ दशमलव ४४ अंकको गिरावट

डिसी नेपाल
२९ वैशाख २०८३ १५:४३

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ। यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १५ अङ्कले ओरालो लागेर ४६९ दशमलव २६ मा सीमित भएको छ। कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ। नेप्सेका अनुसार, धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसआइबी बैंक डिबेन्चरका लगानीकर्ताले कमाए।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र होट फरेस्ट इनका लगानीकर्ताले भने गुमाएका छन्।

कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ। यस्तै, पाँच कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *