स्थानीय बजारमा सुनको मूल्य घट्यो, चाँदी भने महँगियो

डिसी नेपाल
३० वैशाख २०८३ १०:५४

काठमाडाैं। नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७०० रुपैयाँले घटेर तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज केही बढोत्तरी भएको छ।

मंगलबार प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर पाँच हजार ७१० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको सामान्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारको तथ्यांक अनुसार आज प्रतिऔँस सुन चार हजार ७२५ अमेरिकी डलर र प्रतिऔँस चाँदी ८७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

विश्व बजारमा हुने मूल्य परिवर्तनकै आधारमा महासंकले दैनिक रूपमा नेपालमा पनि सुनचाँदीको नयाँ दरभाउ निर्धारण गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *