सभामुख अर्यालको आग्रह- प्रधानमन्त्रीको उपस्थितिबारे संवाद गर्छु, संसद बैठक चल्न दिनुहोस्

डिसी नेपाल
३० वैशाख २०८३ १५:३९

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन्। बुधबारको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जारी राखेपछि सभामुखले यस्तो जानकारी गराएका हुन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबिना सदन अगाडि बढ्न नसक्ने अडान राखेपछि सभामुख अर्यालले आजको सभा सकिएपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कार्यक्रम तय भएको जनाएका थिए। उनी आउन सक्ने वा नसक्ने अवस्थाबारे छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो।

‘जवाफ दिने क्रममा प्रधानमन्त्री आउनुहुन्छ कि हुन्न भन्ने विषयमा म अहिले नै निर्णय दिन सक्दिनँ। तर, भोलिको बैठकका सन्दर्भमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एउटा निकास निकालिनेछ,’ उनले भने।

सभामुखले संवादको प्रस्ताव राख्दै आजको छलफल अगाडि बढाउन आग्रह गरे पनि नेपाली कांग्रेसका सांसदहरूले भने आफ्नो विरोध फिर्ता लिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *