आधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ नेपाली बजारमा गोदरेजका एयर कुलर

डिसी नेपाल
३१ वैशाख २०८३ १२:४९

काठमाडौं । नेपालमा गर्मीको तापक्रम बढ्दै जाँदा उपभोक्ताहरू चिसो हावाका साथै आरामदायी र स्वस्थ घरायसी वातावरणको खोजीमा लागेका छन् ।

यही आवश्यकतालाई मध्यनजर गर्दै गोदरेजले आफ्ना विभिन्न मोडलका एयर कुलरहरू मार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुसन उपलब्ध गराउँदै आएको छ ।

हाल गोदरेजका स्नोचिल, चिलप्रो, कुलब्लास्ट प्लस, कुलब्लास्ट र एज मिनीकुल जस्ता मोडलहरू उपभोक्ताको रोजाइमा परेका छन्, जसले सानो कोठादेखि ठूलो परिवारसम्मलाई सहज कुलिङ अनुभव प्रदान गर्दछन् ।

गोदरेजका यी एयर कुलरहरूमा शक्तिशाली कुलिङ क्षमता, धेरै हावा फाल्ने प्रणाली, हनिकम्ब प्याड, थर्मल ओभरलोड प्रोटेक्सन र आइस ड्रिप टेक्नोलोजी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ ।

केही विशेष मोडलहरूमा एन्टी-ब्याक्टेरियल ट्याङ्क र कुलिङ प्याडको प्रयोग गरिएकाले यसले घरभित्र स्वच्छ हावा प्रवाह गर्न मद्दत पुर्‍याउँछ । यसका साथै ह्युमिडिटी कन्ट्रोल, फोर-वे स्विङ र ड्राई रन प्रोटेक्सन जस्ता प्राविधिक विशेषताले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।

आधुनिक घरको सजावटलाई सुहाउने कम्प्याक्ट डिजाइन, आकर्षक रङ र प्रिमियम फिनिसिङका कारण गोदरेजका कुलरहरू अहिले जीवनशैलीको अभिन्न हिस्सा बन्दै गएका छन् ।

लिभिङ रुम होस् वा बेडरुम, जहाँ राखे पनि घरको सौन्दर्य बढाउने भएकाले विशेषगरी युवा पुस्तामा यसको आकर्षण बढ्दो छ । नेपालमा सिजी इलेक्ट्रोनिक्सले गोदरेजका एयर कुलरका साथै फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र एसी लगायतका होम एप्लायन्सहरूको आधिकारिक बिक्री वितरण गर्दै आएको छ ।

आधुनिक प्रविधि र उपयोगी सुविधाहरूलाई प्राथमिकता दिँदै गोदरेजले नेपाली घरपरिवारलाई ताजा र आरामदायी अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *