नेप्से परिसूचक १० अंकले घट्यो
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो।
आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन्।
आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन्।
त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सज लाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment