ओपोद्वारा ७००० mAh ब्याट्रीसहितको ‘ओपो A6c’ नेपाली बजारमा सार्वजनिक

डिसी नेपाल
१ जेठ २०८३ १३:०९

काठमाडौं। ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो A6c’ सार्वजनिक गरेको छ। आकर्षक प्रिमियम डिजाइन र शक्तिशाली ७००० mAh क्षमताको ब्याट्रीसहितको यो फोन दैनिक प्रयोगका लागि निकै भरपर्दो हुने कम्पनीले जनाएको छ।

यसमा रहेको ब्याट्री ६ वर्षसम्म टिक्ने क्षमताको हुनुका साथै यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा समेत उपलब्ध छ । फोटोग्राफीलाई सहज बनाउन यसमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचरहरू समावेश गरिएका छन्, जसले तस्बिरबाट अनावश्यक वस्तु हटाउन र अनुहारको स्पष्टता सुधार्न मद्दत गर्दछ ।

१२० हर्जको अल्ट्रा ब्राइट डिस्प्ले रहेको यो फोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ गरी दुई रङमा उपलब्ध छ । टिकाउपनलाई प्राथमिकता दिँदै ओपो A6c मा आईपी६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा दिइएको छ ।

यसका साथै ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन सुविधा पनि रहेको छ । कम्पनीले ग्राहकलाई थप भरोसा दिलाउन जेठ १ देखि असार १ गतेसम्म यो फोन खरिद गर्ने ग्राहकका लागि विशेष दुई महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ ।

यस योजना अन्तर्गत हार्डवेयर सम्बन्धी समस्या देखिएमा मर्मतको सट्टा सिधै नयाँ डिभाइस उपलब्ध गराइने कम्पनीको भनाइ छ । नेपालभरका आधिकारिक रिटेल स्टोरमा ओपो A6c को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्ट २० हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

यसैबीच, ओपोले ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ‘ओपो A8’ पनि ४० हजार ९९९ रुपैयाँमा बजारमा ल्याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *