विश्वासको मत नलिई शुक्रबारसम्मका लागि स्थगित भयो मधेश प्रदेश सभा बैठक
जनकपुर। मधेश प्रदेश सभाको बैठक ८ गत्ते शुक्रबारसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भनिएकोमा, सभामुख राम अशिष यादवले सांसदहरुलाई अधिवेशको शुभकामना दिन आह्वान गर्दै बैठक स्थगित गरेका छन्। प्रदेश सभा बैठक विहान ११ बजेका लागि बोलाइएकोमा ३ घण्टा अबेर सुचारु भएको थियो। बैठक सुचारु हुनु केही बेर अघि नै मुख्यमन्त्री यादव प्रदेश सभाबाट बाहिर निस्किएका थिए।
नेपाली कांग्रेसकै केही सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्री यादवले केही बेर बैठक सुचारु नगर्न सभामुखलाई आग्रह गरेका थिए। बैठक अघि प्रदेश सभामै दलहरु छुट्टा छुट्टै छलफलमा बसेका थिए। नेपाली कांग्रेस मधेश प्रदेशका सांसदहरुबीच नै खटपट भएको देखिएको छ। प्रदेश सभा श्रोतले जनाए अनुसार मुख्यमन्त्री यादवले आउँदो जेठ ८ गत्ते सपथ ग्रहण गर्ने भनेका छन्।
आजको बैठक स्थगित गर्नु अघि सभामुख यादवले मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यसूचि आजका लागि स्थगित भएको जानकारी गराएका थिए।







डिसी नेपाल







Facebook Comment