नागरिक स्वतन्त्रता गुम्ने खतरा बढ्यो : सुशील प्याकुरेल

डिसी नेपाल
२ जेठ २०८३ १५:०९

काठमाडौं। मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्।

नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उनले शासक र शासन व्यवस्थाविरुद्ध हुने जनप्रतिरोधका स्वरूप फरक–फरक हुने उल्लेख गर्दै त्यसलाई सोही अनुसार बुझ्नुपर्ने धारणा राखे।

प्याकुरेलले भने, ‘जुनसुकै आन्दोलनलाई हामीले एउटै रूपमा हेर्नु हुँदैन। शासक र शासन पद्धतिभित्र हुने प्रतिरोध तथा जनताको प्रतिरोध फरक–फरक हुन्छ, त्यसलाई हामीले फरक ढंगले बुझ्नुपर्छ।’

उनले वर्तमान अवस्थामा नागरिक स्वतन्त्रता खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे। आफ्ना विचार खुला रूपमा राख्न नसक्ने अवस्था सिर्जना हुनु र राज्यका सुरक्षा संयन्त्रप्रति नागरिकको विश्वास कमजोर हुनु त्रासपूर्ण स्थिति भएको उनको भनाइ थियो।

उनले भने, ‘जब हामी आफ्नो कुरा खुला रूपमा भन्न सक्दैनौं, जब राज्यका सुरक्षा संयन्त्रले नागरिकलाई सुरक्षा दिन सक्दैनन् भन्ने महसुस हुन्छ र जनताले नै आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने अवस्था आउँछ, त्यो त्रासको अवस्था हो। अहिले शासक र जनता दुवै त्रासमा छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *