सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो
काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन बजारमा प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै बहुमूल्य धातु चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ।
गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भई भारी गिरावट आएको व्यवसायीहरूको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment