ओरालो लागेको सुनको मूल्यमा ब्रेक, सोमबार तोलामा ८०० रुपैयाँको वृद्धि
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा केही सुधार आएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट दर्ता भएको छ।
अघिल्लो दिन आइतबार एकैपटक तोलामा चार हजार पाँच सय रुपैयाँले ओरालो लागेको सुनको मूल्यमा आज सोमबार भने आठ सय रुपैयाँको वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
तुलनात्मक रूपमा हेर्दा गत हप्ताको सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो, जसको तुलनामा यो साता सुन केही सस्तो रहेको देखिन्छ।
यता चाँदीको मूल्यमा भने आज थोरै गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज सोमबार तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँ कायम भएको छ। यसअघि गत हप्ताको सोमबार चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाउँछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment