तालमा डुबेर बालिकाको मृत्यु
त्रिवेणी (नवलपरासी)। नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ। आज दिउँसो गैँडाकोट-१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment