प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ जारी

डिसी नेपाल
५ जेठ २०८३ १४:०९

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ समितिमा औपचारिक सुनुवाइ प्रक्रिया सुरु भएको छ।

यसअघि आजै बिहान समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षतामा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीहरूको अध्ययन गर्न विशेष बैठक बोलाइएको थियो।

बैठकमा उजुरीकर्ताहरूको भनाइ सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सोझै प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय आवश्यक नपर्ने स्पष्ट पार्दै सभापति श्रेष्ठले प्रक्रिया अगाडि बढाउन सबै सदस्यहरूलाई सहयोगका लागि आग्रह गरेका थिए।

सोही सहमतिपश्चात अहिले सुनुवाइ प्रक्रिया अघि बढेको हो।

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा कुल सात वटा उजुरी दर्ता भएका छन्। विद्यमान संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने कानुनी प्रावधान रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *