नवनियुक्त प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

डिसी नेपाल
५ जेठ २०८३ १७:१२

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पद तथा गोपनीयताको शपथ ग्रहण आजै हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नवनियुक्त प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण कार्यक्रम आज साँझ ६:१० बजेका लागि तय गरिएको हो।

राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहका बीच राष्ट्रपति समक्ष उनले पद तथा गोपनीयताको शपथ लिनेछन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू र न्यायिक क्षेत्रका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने सर्वोच्च अदालतले जनाएको छ।

प्रवक्ता कोइरालाका अनुसार राष्ट्रपतिबाट शपथ लिएलगत्तै नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *