जेनजी आन्दोलनका थुनुवा रिहा गर्न माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
५ जेठ २०८३ १७:१७

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ‘कोही शहीद, कोही अपराधी किन ?’ , ‘जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर’ , ‘जेनजी थुनुवालाई रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागी युवाहरुले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरुको रिहाइ, आन्दोलनलाई राजनीतिक मान्यता तथा आन्दोलनप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *