नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौं। सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदको शपथ गराएका हुन्।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समितिबाट नाम सर्वसम्मत अनुमोदन भएलगत्तै उनको नियुक्ति र शपथको प्रक्रिया अगाडि बढेको हो।
गरिमामय शपथ ग्रहण समारोहमा मुलुकका उच्च विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियाे। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विभिन्न संवैधानिक निकायका प्रमुख एवं उच्च तहका सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
राष्ट्रपतिबाट शपथ लिएसँगै नयाँ प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन्।








डिसी नेपाल







Facebook Comment