निर्वाचन प्रणाली र मतदाता नामावली सुदृढ गरिँदै: संसद्‌मा सरकारका दुई नयाँ संशोधन विधेयक

डिसी नेपाल
६ जेठ २०८३ १३:५६

काठमाडौं। प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दुई वटा महत्त्वपूर्ण संशोधन विधेयक दर्ता गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले निर्वाचन प्रणाली र मतदाता व्यवस्थापन सुधार केन्द्रित दुई छुट्टाछुट्टै विधेयक दर्ता गराएका हुन्।

प्रधानमन्त्री शाहले सरकार प्रमुखको हैसियतमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र गृहमन्त्रीको हैसियतमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ संसद् सचिवालयमा दर्ता गराएका हुन्।

प्रधानमन्त्री तथा गृहमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आजको बैठकमा ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै सदनसमक्ष विधेयक प्रस्तुत गरेकी थिइन्। यी विधेयकहरू पारित भएसँगै मुलुकको निर्वाचन पद्धति र मतदाता नामावली संकलन प्रक्रियामा समयानुकूल परिमार्जन हुने विश्वास गरिएको छ।

नेपालको संविधानको धारा ८४ को उपधारा (२) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *