लागूऔषध पोलेन सहित दुई जना पक्राउ

डिसी नेपाल
६ जेठ २०८३ २१:५६

काठमाडौं। गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *