राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकेको छैन : मन्त्री पोखरेल

डिसी नेपाल
७ जेठ २०८३ १५:३०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन्।

बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताए। उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए।

उनले भने, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन। खेलकुद क्षेत्रलाई जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेका छैनौं। हाम्रो सीमित स्रोत र साधनलाई प्रयोग गरेर खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ भन्नेमा हामी प्रयत्नशील छौं।’

त्यस्तै उनले नेपाली खेलाडीहरूले देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डालाई गर्वका साथ उचालिरहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।

मन्त्री पोखरेलले प्रतियोगिताबारे आशावादी हुँदै भने, ‘अब खेल हो, जे पनि हुन सक्छ। जित्नै पर्छ भन्ने छैन, तर हाम्रो आत्मविश्वास बलियो छ, त्यसैले नेपालले यो खेल जित्ने विश्वास छ।’यसैगरी उनले खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *