लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

डिसी नेपाल
७ जेठ २०८३ १५:३४

मोरङ। नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीहरु चनाखो हुनुपर्ने बताएकी छन्।

नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको सभाको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्र, प्रेस स्वतन्त्रताको संरक्षण तथा सवर्द्धनमा सरकार र सम्बन्धित निकायहरुल थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्।

उनले पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बताइन्। उनले निजी क्षेत्रका पत्रपत्रिकाहरुलाई विज्ञापन वितरणमा हुने भेद्भाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकार समक्ष माग राखिन्।

अध्यक्ष शर्माले पत्रकारको आन्दोलन आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढाउने जानकारी दिइन्। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बलियो भएमा मात्र मुलुकमा भ्रष्टाचार अन्त्य भइ सुशासन कायम हुने विश्वास व्यक्त गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समस्या समाधानमा कलम चलाउन सञ्चारकर्मीहरुसँग आग्रह गरे। पत्रकार महासङ्घका मोरङ अध्यक्ष सुशीला पाठक, महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए।

साधारणसभामा संस्थाको वार्षिक कार्यक्रम, आर्थिक विवरण तथा आगामी दिनको कार्ययोजनामाथि छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *