विपक्षीको चर्को नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत

डिसी नेपाल
७ जेठ २०८३ १७:५१

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलको निरन्तर चर्को नाराबाजी र अवरोधबीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत भएका छन्। बैठकमा विरोध कायमै रहँदा सभामुखले प्रक्रिया अघि बढाउँदै प्रस्तावहरू पारित भएको घोषणा गरेका हुन्।

प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत भए पनि विपक्षी सांसदहरू वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।

विरोधबीच कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि सभामुखले बहुमतका आधारमा विधेयक अघि बढेको घोषणा गरेका हुन्।

त्यसैगरी मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी थिइन्। तर, विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै सदन अवरोध जारी राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *