१८ वर्षकै उमेरमा संखुवासभाका पासाङ भोटेले दोस्रोपटक गरे सगरमाथाको सफल आरोहण

डिसी नेपाल
८ जेठ २०८३ १४:०१

काठमाडौं। संखुवासभा जिल्लाका एक युवाले सानो उमेरमै सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ३, पाङदोग गाउँ निवासी १८ वर्षीय पासाङ भोटेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।

उनले यही २० मे २०२६ (बुधबार) का दिन बिहान ८ बजेर ६ मिनेटको समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।

२०६४ साल पुस १० गते जन्मिएका पासाङ भोटेले यसअघि पनि सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

ऊर्जावान् उमेरमै साहसिक क्षेत्रमा लागेका भोटेले १८ वर्ष पुग्दा नपुग्दै दोस्रोपटक सगरमाथाको शिखर चुमेर आफ्नो गाउँ, जिल्ला र सिङ्गो राष्ट्रको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका छन्। उनको यो अभूतपूर्व सफलतालाई पर्वतारोहण क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *