कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः सभापति थापा

डिसी नेपाल
८ जेठ २०८३ २०:०८

इनरुवा (सुनसरी)। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन्।

सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए।

नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो। सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गर्नुभयो। उहाँले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *