एमाले सचिवालय बैठक भोलि पुनः बस्ने

डिसी नेपाल
८ जेठ २०८३ २१:५७

भक्तपुर। नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ।

साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए।

आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिए।

सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरी स्थगन भएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *