सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

डिसी नेपाल
९ जेठ २०८३ २१:०३

मकवानपुर। सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौँडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ।

मन्त्री यादवले हेटौँडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिए।

मन्त्री यादवले सरकारले बन्द रहेको हेटौँडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्नेगरी आवश्यक स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको सम्बन्धित सरोकारवाला पक्षहरूलाई जानकारी दिए।

उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उच्च अधिकृतहरू, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक सङ्गीता कुँवर तथा मकवानपुर क्षेत्र नं १ का सांसद प्रकाश गौतम पनि उपस्थित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *