मन्त्री वादीद्वारा वृद्धाश्रमका वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले गौशालास्थित समाज कल्याण केन्द्र, वृद्धाश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
मन्त्री वादीले आज पशुपतिस्थित वृद्धाश्रममा पुगेर वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारको सरसफाइ सप्ताहअन्तर्गत मन्त्रालयले आयोजना गरेको पशुपति वृद्धाश्रम सरसफाइ कार्यक्रमा सहभागी भएकी हुन्।
सरसफाइमा मन्त्रालयका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्री वादीले आश्रमको अनुगमन समेत गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment