लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

डिसी नेपाल
११ जेठ २०८३ ७:३३

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको यस नीति तथा कार्यक्रममा मुख्य रूपमा प्रदेशको समग्र विकास र सुशासनलाई जोड दिने तयारी गरेको छ।

यसका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि र पर्यटन क्षेत्रको आधुनिकीकरण तथा पूर्वाधार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *