सुन तोलामा १९०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य ५,१५० कायम

डिसी नेपाल
११ जेठ २०८३ ११:१३

काठमाडौं। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै सोमबार चाँदीको मूल्यमा पनि वृद्धि दर्ता भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेर प्रति ८ तोला (अथवा प्रतितोला) ५ हजार १५० रुपैयाँ पुगेको छ। आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बन्दा र सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुको माग बढ्दा घरेलु बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *