प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

डिसी नेपाल
११ जेठ २०८३ १५:३९

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन्।

मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन्।

उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए।

भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *