सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

डिसी नेपाल
१२ जेठ २०८३ १५:१९

काठमाडौं। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन्। प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन्।

विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन्। प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन्।

अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *