दुई पुरुष र एक महिलाको शव फेला

डिसी नेपाल
१२ जेठ २०८३ १८:००

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।

सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका-६ मोहनपुरस्थित कुलोमा सोही गाउँपालिका-५ भिमार बस्ने २६ वर्षीय सनिचर सदा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ सिमलटार बस्ने ६९ वर्षीय भक्त बहादुर कार्की आफ्नै घर नजिक रहेको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको उर्लाबारी नगरपालिका-१ लण्डन ब्रिजको छेउमा सोही नगरपालिका-१ बस्ने ४३ वर्षीया सविता कङ्दम्बा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *