बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध
म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। दुईतर्फको पहिरोको बीच भागमा चार वटा गाडी फसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।
सुरक्षाकर्मीको टोलीले पहिरोका बीचमा फसेका यात्रुहरूको उद्धार गरेर सुरक्षित ठाउँमा लगेको उनले बताए। सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर पहिरोमा फसेका गाडी निकाल्न र अवरुद्ध सडक खुलाउन उपकरण परिचालन भएका छन्। पानी परिरहेका र पहिरो खसिरहेकाले गाडी निकाल्ने र अवरुद्ध सडक खुलाउन जोखिम रहेको छ।
सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने–आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment