बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१२ जेठ २०८३ २०:४४

बुटवल। पूर्वपश्चिम राजमार्गअन्तगत बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवाको मृत्यु भएको छ।

आज बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक, बेलबासस्थित पूर्वपश्चिम राजमार्गमा काकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प ३४९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा अर्घाखाँचीको शितगंगा नगरपालिका–४ ठाडा, वर्बोट निवासी ३० वर्षीय अमृत बेल्वासेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका बेल्वासेलाई तत्काल उपचारका लागि एडमन्ड सिटी अस्पताल, जितगढी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *