देशका विभिन्न स्थानमा वर्षा, राति हावाहुरीको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
यसैगरी, बुधबार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि हावाहुरीको सम्भावना छ।
पर्सी बिहीबार मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।







डिसी नेपाल







Facebook Comment