बाह्य क्षेत्र बलियो बन्दा ६६ खर्ब पुग्यो अर्थतन्त्र, संरचनात्मक चुनौती भने कायमै
??????????? ??. ??????
????????, ?? ??? :
??????????? ??. ???????? ?????? ?????????????? ?????? ????? ????? ?????? ????? ???????????? ?????? ?????? ???? ????/?? ?? ?????? ????????? ??? ?????????? ? ?????? : ???? ???????/????
काठमाडौं। मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिए पनि संरचनात्मक चुनौतीहरू भने अझै पनि कायमै रहेका छन्।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको देखिएको छ।
तर, अर्कोतर्फ देशको पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्दै जानु, सार्वजनिक ऋणको आकार विस्तार हुनु तथा निजी क्षेत्रतर्फको कर्जा प्रवाह सुस्त रहनु अर्थतन्त्रका प्रमुख आन्तरिक चुनौतीका रूपमा देखा परेका छन्।
सामाजिक पूर्वाधार, सुशासन, सार्वजनिक वित्त, मौद्रिक अवस्था र बाह्य क्षेत्रको समग्र चित्र प्रस्तुत गर्दै सरकारले यसै सर्वेक्षणका आधारमा आगामी आर्थिक वर्षको बजेटको जग तयार पारेको देखिन्छ।
यस प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र तीन दशमलव ८५ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ।
यसै अवधिमा नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपाली नागरिकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान छ। आर्थिक गतिविधि र उत्पादनका हिसाबले देशका अन्य प्रदेशहरूको तुलनामा बागमती प्रदेशको योगदान सबैभन्दा बढी अर्थात् ३६ दशमलव सात प्रतिशत रहने सर्वेक्षणले औँल्याएको छ।
आम उपभोक्ताका लागि राहतको कुरा, चालू आर्थिक वर्षको फागुनसम्मको औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव १३ प्रतिशतमा सीमित रहेकाले बजार महँगी अपेक्षाकृत नियन्त्रणमै रहेको मान्न सकिन्छ।
सार्वजनिक वित्त र खर्चको पाटोलाई हेर्दा समीक्षा अवधिमा सङ्घीय राजस्व सङ्कलनमा तीन दशमलव दुई प्रतिशतको सामान्य वृद्धि भए पनि विकास निर्माणको मुख्य कडी मानिने पुँजीगत खर्चमा भने अपेक्षित सुधार हुन सकेको छैन।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य स्रोतहरू मार्फत करिब तीन खर्ब रुपैयाँ बराबरको थप सार्वजनिक ऋण परिचालन गरेको छ।
यसले गर्दा गत फागुनसम्ममा मुलुकको कुल सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव छ प्रतिशत बराबर हुन आउँछ। यसै अवधिमा देशको वित्त सन्तुलन ५९ अर्ब रुपैयाँ र प्राथमिक सन्तुलन नौ अर्ब रुपैयाँले घाटामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
देशको बाह्य क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारको सूचकलाई सर्वेक्षणले निकै सुदृढ र सुरक्षित देखाएको छ। चालू वर्षमा विप्रेषण आप्रवाहमा ३७ दशमलव सात प्रतिशतको उत्साहजनक वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेकाले बाह्य क्षेत्र मजबुत बनेको हो।
यसैका कारण देशको शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँ र चालू खाता ५ खर्ब ५३ अर्ब रुपैयाँले बचतमा रहन सफल भएको छ। हाल मुलुकको विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको छ, जसले नेपालको १८ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात सजिलै धान्न सक्ने असाधारण क्षमता राख्दछ। यद्यपि, अर्कोतर्फ देशको व्यापार घाटा ११ दशमलव दुई प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुग्नु चिन्ताको विषय बनेको छ।
वित्तीय क्षेत्रतर्फ बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) भएता पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार केवल छ दशमलव सात प्रतिशतमा मात्र सीमित हुनुले देशको आन्तरिक लगानी र समग्र आर्थिक गतिविधि अझै पनि सुस्त अवस्थामै रहेको स्पष्ट सङ्केत गर्दछ।







डिसी नेपाल







Facebook Comment