वाराणसी व्यापार प्रदर्शनीमा नेपालको सहभागिता: निक्की र हाउस अफ राजकर्णिकारबीच समझदारी

डिसी नेपाल
२७ जेठ २०८३ ८:४१

काठमाडौं । नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआस) बीच समझदारी भएको छ ।

मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यस सहमतिसंगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी–टु–बी ट्रेड शो’ का लागि निक्कीलाई आधिकारिक इन्डस्ट्री पार्टनर को रूपमा सहकार्य गर्ने सहमति भएको हो ।

संघको तर्फबाट महासचिव राजन शर्मा र हाउस अफ राजकर्णिकारको तर्फबाट प्रबन्ध निर्देशक मिनू राजकर्णिकारले समझदारीपत्रमा हस्ताक्षर गरे ।

यस सहकार्यले नेपाल र भारतका खाद्य, पेय पदार्थ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीहरूबीच नया“ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत दुवै देशका उद्यमी, लगानीकर्ता तथा व्यवसायिक संस्थाहरूलाई प्रत्यक्ष व्यापारिक सम्पर्क विस्तार गर्ने महत्वपूर्ण मञ्च प्राप्त हुने बिश्वास गरिएको छ ।

निक्की र हाउस अफ राजकर्णिकारबीचको यो सहकार्यलाई नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धलाई नया“ उचाइमा र्पुयाउने सकारात्मक कदमका रूपमा ब्यक्त गरिएको छ । साथै, यस सहकार्य तथा प्रदर्शनीले सीमापार व्यापार बृद्धि, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

वाराणसीमा आयोजना हुने उक्त नेपाली अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीले दक्षिण एसियाली खाद्य तथा आतिथ्य उद्योगलाई एकै थलोमा जोड्दै क्षेत्रीय आर्थिक सहकार्यलाई समेत नया गति दिने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *