दक्षिण एसियाली सहकार्यमार्फत प्लास्टिक प्रदूषण र वायु गुणस्तर सुधारमा जोड

डिसी नेपाल
२८ जेठ २०८३ १९:५४

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रमका महानिर्देशक नर्बु वाङचुकले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

बिहीबार भेटको क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्यवस्थापन सम्बन्धमा भएका क्षेत्रीय पहलहरूलाई सुदृढ बनाउने तथा नेपालमा विशेषगरी प्लास्टिक प्रदुषण र फोहोरको दिर्घकालिन व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ। छलफलमा प्लास्टिक फोहोर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजनाहरू ल्याउने तयारी भइरहेको समेत वाङ्गचुकले जानकारी गराएका छन्।

ट्रान्सबाउन्ड्री (सीमापार) वायु प्रदूषण र नदी प्रणालीमा हुने प्रदूषण समाधानका लागि क्षेत्रिय राष्ट्रहरुले एकआपसमा सहकार्य र समन्वय गर्नुपर्ने तथा भुटान र नेपाल जस्ता साना राष्ट्रहरुले क्षेत्रीय संगठनमार्फत आफ्ना मुद्दाहरु प्रभावकारी रूपमा ठूला राष्ट्रहरुमाझ उठाउदा प्रभावकारी हुने भएकोले क्षेत्रिय बैठकको लागि पहल गर्न मन्त्रि चौधरीलाई वाङ्गचुकले अनुरोध समेत गरेका छन्।

त्यसैगरी, जुलाई ८ र ९ मा माल्दिभसमा हुन गईरहेको माले डिक्लरेशन पुनरुत्थान सम्बन्धि बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना बनाईने भएकोले उक्त कार्यक्रममा नेपालबाट प्रतिनित्वको लागि आग्रह समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *