जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने

डिसी नेपाल
२८ जेठ २०८३ २१:२४

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकले यही जेठ ३० गते पर्सा, जेठ ३१ गते बारा, असार ३ गते मोरङ, असार ४ गते सुनसरी, असार ५ गते सप्तरी, असार ९ गते सर्लाही, असार ९ गते धनुषा, असार १० गते महोत्तरी, असार १२ गते सिरहा र असार १४ गते रौतहटमा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव पेशल ढलालले जानकारी दिए।

उक्त भेलामा पार्टीका सम्पूर्ण तहका सदस्यहरू, भ्रातृ सङ्गठनका सदस्य तथा निर्वाचित जनप्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ। साथै उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थिति रहनुहुनेछ। बर्दिया, बाँके र सुर्खेतमा भने भेला सम्पन्न भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *