नेप्से परिसूचक चार अंकले घट्यो

डिसी नेपाल
२९ जेठ २०८३ १५:४७

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शुन्य तीन अङ्कमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ। कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ३४ करोड १० लाख ९४ हजार सात सय ६४ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार, कारोबार भएकामध्ये ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६७ कम्पनीको शेयर मूल्य भने घटेको छ। यस्तै, १३ कम्पनीको भने कुनै परिवर्तन भएको छैन।

कारोबारका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ। यस्तै, सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल लिमिटेड शीर्ष पाँचमा पर्न सफल भएका छन्।

सोपान फर्मा फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम र हिमाल दोलाखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिवेञ्चर, नेपाल एबिआई बैंक डिवेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *