स्वास्थ्य मन्त्री मेहतालाई रास्वपाको ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’

डिसी नेपाल
२९ जेठ २०८३ २२:२५

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाएको छ।

मन्त्री मेहतालाई आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसङ्ख्या विभागकी प्रमुख डा तोसिमा कार्कीले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाएकी हुन्। सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताइउनुभयो।

विभागका प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताइन्।

सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचनाको गर्ने उल्लेख गरेका छन्। विभागकी प्रमुख डा कार्कीले बजेटमा समेटिएको स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि मन्त्री मेहतालाई वाचापत्र बुझाएको बताइन्।

उनले केही महत्त्वपूर्ण विषय स्वास्थ्य बिमा ऐनमै संशोधन गरेर अघि बढ्नुपर्ने बताइन्। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन रास्वपा पार्टी कटिबद्ध रहेको बताइन्।

पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रुपान्तरण, पुनर्संरचना, स्रोत व्यवस्थापन सम्बन्धमा छलफल, अध्ययन र विभिन्न सरोकारवालासँगको छलफलपश्चात स्वास्थ्य बिमा पुनर्संरचनाका लागि मार्गचित्र बनाएको उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *